अंकित र साम्राज्ञीले दशैँमासँगै टीका लाउने (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय नव नायकको प्रवेश निक्कै बाक्लिइएको छ ।
नव नायकको प्रवेशसँगै चलचित्र क्षत्रले राम्रो अभिनय क्षमता भएका नायक पनि पाउँदै आएको छ ।

धेरै नव नायकले चलचित्र क्षेत्रबाट आफ्नो अभिनय क्षमता दर्शकसामु देखाइसकेका छन्, र आफूलाई प्रमाणित पनि गरिसकेका छन् ।

यस्तै एक नवनायकको प्रवेश नेपाली चलचित्रमा भएको छ, नेपाली चलचित्र रातो टीका निधारमाबाट । उनी हुन् अंकित शर्मा ।

रातो टीका निधारमा चलचित्रमा उनी नायकको भूमिकामा छन् । नेपाली चलचित्र क्षेत्रका भेट्रान निर्देशकको छबि बनाएका निर्देशक अशोक शर्माका छोरा अंकितले नायकको भूमिका निर्वाह गरेको यो पहिलो सिनेमा हो ।

चलचित्र क्षेत्रभन्दा बाहिर नभएका अंकित रातो टिका निधारमाबाट अभिनयमा भने डेब्यू गर्दै छन् ।

यसअघि उनी अशोक शर्माले निर्माण गरेको चलचित्र जयभोलेमा सहायक निर्देशकको रुपमा रही काम गरिसकेका छन् । चलचित्रमा अंकितले वैदेशिक रोजगारमा मान्छे पठाउने एजेन्टको भूमिका निभाएका छन् ।

चलचित्रमा २ दशक अघिको सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश चर्चित गीत ‘रातो टीका निधारमा’ बोलकोगीतलाई रि(एरेञ्ज गरेर राखिएको छ । केही दिनमा उक्त गीत सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।

प्रदर्शन मिति अशोज १० गते राखिएको यो चाचित्रको भर्खरै मात्र ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा देखाइए अनुसार यो चलचित्रमा वैदेशिक रोजगारको क्षेत्रमा भइरहेको विकृती विसंगतीलाई प्रष्ट्याउन खोजेको देखिन्छ ।

कमेडी शैलीमा निर्माण गरिएको उक्त चलचित्रमा गाउँले केटीको भूमिकामा अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाहले अभिनय गरेकी छिन् ।

गाउँले युवतीको भूमिका निभाएकी अभिनेत्री साम्राज्ञीले यस्तो रोलमा अभिनय गरेको पहिलो पटक हो ।

अंकित भने वैदेशिक रोजगारीमा पठाउने एजेन्टको भूमिकामा छन् । कमेडी फ्लेवरमा तयार पारिएको ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता र कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ ।

साम्राज्ञी र अंकितसँगै यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाल लगायतका कलाकारको पनि अभिनय देख्न पाइन्छ ।

निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको छ ।

अशोक शर्मा निर्देशित फिल्ममा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् ।

फिल्मका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृति फिल्मको सहायक निर्देशक पनि हुन् । फिल्म मित्र देव गुरुङले सम्पादन गरेका हुन् ।

नायकको रुपमा यो क्षेत्रमा प्रवेश गरेका अंकितले आफूलाई दर्शक सामु स्थापित गर्न सक्छन् सक्दैनन्, त्यो फिल्म रिलिज भएपछि नै थाहा हुनेछ ।

जे होस् नेपालीहरुको महान चाड दशैँ छेक पारेर प्रदर्शनमा आउन लागेको यो चलचित्रले राम्रो सफलता हासिल गर्न सकोस् नव नायक अंकित लगायत सबै टिमलाई हाम्रो पनि शुभकामना ।

भिडियो