अनलाइनबाटै सेवा दिने बिर्तामोड खानेपानीको योजना

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आगामी आर्थिक वर्षका लागि विभिन्न २२ वटा योजना निर्माण गरेको छ ।

संस्थाले मंगलबार १८ औँ वार्षिक साधारणसभाको अवसरमा आफ्नो भावी योजना र संस्थाको अवस्था सार्वजनिक गरेको हो ।

संस्थाले पानीको महसुल अनलाइनबाटै जानकारी गराउने र अनलाइनबाटै भुक्तानी गर्ने योजना बनाएको संस्थाका अध्यक्ष जलकुमार गरुङ्ले जानकारी दिए ।

‘उपभोक्ताको सहजता र संस्थालाई प्रविधिमैत्री योजना बनाएका छौँ’, उनले भने, ‘पानीको ब्राण्डिब गरेर जार र बोतलमा बजारमा पु¥याउने लक्ष्य छ ।’

हाल संस्थाका तीनवटा ओभरहेड टेंकी, आठवटा डीप बोरिङ, पाँचवटा फिल्टर प्लाण्ट साथै ६ हजार उपभोक्ता रहेको बताए ।

संस्थाले नगर विकास कोष काठमाडौँबाट १८ वर्ष अवधिको तीन करोड ८६ लाख रूपैयाँ कर्जा लिएकोमा दुई करोड ७१ लख १४ हजार ९९१ रूपैयाँ आगामी १० वर्षभित्र बुझाउनु पर्ने अवस्था रहेको अध्यक्ष गुरूङले बताए ।

साथै उनले आर्थिक वर्ष २०७३÷०७४ मा पनि निर्माणका लागि पुनः नगर विकास कोषबाट ८६ लाख ४९ हजार २९० ऋण लिइएको सुनाए ।

लेखा समिति संयोजक दिलिपकुमार शर्माले आर्थिक वर्ष २०७५÷०७६ मा ४ करोड ५७ लाख २८ हजार ७१० रुपैयाँ आम्दानी भएकोमा खर्च कटाएर खुद मुनाफा १ करोड ६८ लाख ५८ हजार २१० रुपैयाँ रहेको बताए । संस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको

साधारणसभाको प्रमुख अतिथि राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष टोरुप प्रसाईं रहेका थिए ।

संस्थाक कोषाध्यक्ष राधा सुब्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल, बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौला, चाराआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लालबहादुर थेवे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीका रूपमा मिना मगर, उत्कृष्ट जेष्ठ पुरुष उपभोक्ता रूपमा मोहनलाल प्रसाईं र जेष्ठ महिला उपभोक्ताका रूपमा ललिता डालमियालाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष पर्शुराम सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मेघराज बाँस्तोलाले गरेका थिए