अर्जुनधाराको उखुबारीमा आगलागी

  •  
  •  
  •  
  •  
  •  
  •  


अर्जुनधारा / झापाको अर्जुनधारा ७ स्थित अर्जनधारा मन्दिर पछाडि उखुबारीमा आज दिउँसो आगलागी भएको छ ।

अर्जुनधारा नगरपालिका ५ का भूपेन्द्र कार्कीको उखुबारीमा दिउँसो करिब ४ः ३० बजे आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

आगलागी के कारणले भएको र के कति क्षति भएको हो विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दियो ।

आगो आधा घण्टापछि स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको छ । आगलागीस्थल तर्फ बिर्तामोड नगरपालिकाको दमकल गए पनि दमकल पुग्नु अघि नै आगो नियन्त्रणमा आइसकेको प्रहरीको भनाई छ ।