अस्थायी संरचना हटाउँदै इटहरी उपमहानगरपालिका

  •  
  •  
  •  
  •  
  •  
  •  


इटहरी / इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र समग्रीहरु हटाउन सुरु गरेको छ ।

सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको पचरुखीचोकदेखि सडकको दायाँ बाँया साढे बयासी फिट सफा गर्न सुरु गरिएको हो ।

एक सातासम्ममा रामधुनी नगरपालिकाको सिमासम्म क्लियर गरि सक्ने उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले बताए ।

सात दिनसम्म आफैँ हटाउन अनुरोध गर्दा पनि नहटाए पछि उपमहानगरले हटाउन थालेको हो ।
रामधुनी नगरपालिकाको सिमासम्म सडक सफा गरि सकेपछि अर्को एक हप्ता पचरुखी पूर्व वुढिखोलासम्म पुनः अस्थायी संरचना र राखिएका समग्रीहरु हटाइने मेयर चौधरीले जानकारी दिए ।

गत वर्ष भदौमा वुढिखोला देखि पचरुखीसम्म सफाई गरिएको थियो । यसवर्ष सडक शुसासन अभियान सुरु गर्नु अघि उपमहानगरले सम्वन्धित विपयगत कार्यालय र सबै सरोकारवाला पक्षसँग छलफल गरेको थियो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको थियो ।

कार्यक्रममा सडक डिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योग वाणिज्य संघ, जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।