आईसीसी टी–२० क्रिकेट : नेपालसँग कुवेत ७ विकेटले पराजित

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / नेपालले आईसीसी टी–२० एसिया विश्वकप छनोट खेलमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गरेको छ । कुवेतमाथि सहज जित निकाल्ने क्रममा नेपालले ४ नयाँ कीर्तिमान समेत कायम गरेको छ ।

जितसँगै नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न सहज बनेको छ । आइतबार हुने खेलमा सिंगापुरलाई पराजित गर्न सके ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई सहज हुनेछ ।

सिंगापुरसँगको खेलमा वर्षाका कारण रद्ध भए वा हारेमा भने नेपाल बाहिरिने निश्चित छ ।
कुवेतले दिएको १४२ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा ग¥यो । नेपालले सहज जित निकाल्न ४ खेलाडीले कीर्तिमानी योगदान दिए ।

सर्वाधिक चौका प्रहार

पारस टी २० आईमा एकै खेलमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी बनेका छन् । कुवेतलाई पराजित गर्ने क्रममा पारसले ६८ रन बनाउन ११ चौका र १ छक्का प्रहार गरे ।

यसअघि पारसले दुईसाता अघि मलेसियासँगको पहिलो टी ट्वान्टी खेलमा ८ चौका र ५ छक्का सहित कुल ८६ रनमा अविजित रहेका थिए । पारस टी २० आईमा तेस्रो शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान हुन् ।

सर्वाधिक छिटो जित

नेपालले कुवेतलाई पराजित गर्ने क्रममा २५ बल अगाडि नै जित पक्का ग¥यो । जुन टी २० आईमा नेपालले सर्वाधिक छिटो पुरा गरेको हो ।

यस अघि नेपालको सर्वाधिक छिटो जित दुई हप्ता अघि मलेसियासँगको पहिलो टी २० खेलमा १२९ रनको लक्ष्य ९ बल अगाडि थियो । त्यो रेकर्ड नेपालले तोडेको हो ।

दोस्रो विकेटका लागि उच्च साझेदारी

नेपाललाई सहज जित दिलाउन कप्तान पारस खड्का र शरद भेषवकरले दोस्रो विकेटका लागि ७८ रनको उत्कृष्ट साझेदारी गरे ।

जुन नेपालबाट टी २० आईमा दोस्रो विकेटका लागि उच्च साझेदारी पर्दछ । यस अघि सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले दोस्रो विकेटका लागि गरेको ३२ रनको साझेदारी गरेका थिए ।

टी २० मा सर्वाधिक ठूलो साझेदारी नेपालको तर्फबाट पारस र शरदले सन् २०१४ को विश्वकपमा बंगलादेशविरुद्ध गरेको ८५ रन रहँदै आएको छ ।

सर्वाधिक ठूलो लक्ष्य पुरा


नेपालले कुवेतलाई ७ विकेटले पराजित गर्ने क्रममा १४२ रनको लक्ष्य पुरा गर्यो । टी २० आईमा नेपालले पुरा गरेको सर्वाधिक ठूलो लक्ष्यमा पर्दछ ।

यस अघि नेपालले सन् २०१५ मा नेदरल्यान्डसँगको चार टी २० सिरिज अन्तर्गत चौथो खेलमा पारसकै अर्ध शतकमा १४० रनको लक्ष्य ७ विकेटको क्षतिमा पुरा गरेको थियो । हाम्रो खेलकुदबाट