आकासियो सुनको भाउ, किन्नेभन्दा बेच्ने बढी

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / सुनको मुल्यमा उच्च बृद्धि भएको छ । नेपाली बजारमा छापावाल र तेवाबी सुनको मुल्य ईतिहासकै महँगो भएको हो ।

आइतबारका लागि नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाल सुनको प्रतितोला ७२ हजार ५०० र तेजाबी सुनको प्रतितोला ७२ हजार २०० रुपैयाँ मुल्य तोकेको छ ।

गत शुक्रबार ७१ हजार तीन सयमा छापावाल र ७१ हजार प्रतितोलामा तेजाबी सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

आइतबार सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ८५० कायम भएको छ । मुल्य बृद्धिसँगै सुन बजारमा सुन किन्नेभन्दा बेच्नेको संख्या बढ्न थालेको छ ।