इलामका एक दम्पतीको एकै चितामा दाहसंस्कार

  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम / विवाहपछि श्रीमान श्रीमतीको एउटै चाहना हुन्छ सँगै जिउने सँगै मर्ने ।

७ दशक लामो समयसँगै जिवन बिताएका दम्पतीको एकैसाथ मृत्यु भएको घटना भने विरलै सुन्न/देख्न पान्इछ । तर, इलामको माई नगरपालिका–३ मा भने एक जोडीले एकैदिन मृत्युवरण गरेका छन् ।

९५ वर्षीय डिल्लीबहादुर थापा र ९३ वर्षीया तोरनकुमारी थापाको एकैदिन देहावसान भयो ।
यो जोडीको मृत्यु ६ घण्टाको फरकमा भएको हो ।

शुक्रबार साँझ ६ बजे डिल्लीबहादुरको निधन भएको ६ घण्टा बित्न नपाउँदै तोरनकुमारीले पनि संसार छाडिन् । लामो समयदेखी तोरनकुमारी विरामी भएपनि डिल्लीबहादुर भने स्वास्थ्य नै थिए ।

उनी गाँउघर वरपर हिडने डुल्ने नै गरेका थिए । स्थानीय शिक्षक गोपाल घिमिरेका अनुसार सामान्य भाइरल ज्वरोले थलिएका श्रीमान एक्कासी मुटु दुखेर ओछयान परेको केही घण्टा नबित्दै निधन भयो ।

तर, यो घटना तोरनकुमारीलाई जानकारी थिएन । घरमा छोरा बुहारी छोरी र अन्य आफन्त डाँको छोडेर रोएको सुनेपछि उनको मनमा चस्का पस्यो त्यही पिडाले तोरनकुमारीलाई पनि लगि छाड्यो । दुबै जनालाई लोदिया दोभानमा एउटै चित्तामा जलाएर मलामीहरु फर्किए ।

मलामी गएका राधाकृष्ण अधिकारी भन्छन, ‘धेरैको मलामी गइयो तर दुबै श्रीमान श्रीमतीको एकैदिन मलामी गएको पहिलो पल्ट हो ।’ थापा दम्पतीको १ छोरा, ४ छोरी, ३ नातीनी, २ नाती र १ पनाती रहेका छन् । थाहाखबरबाट