इुएईमा कार्यरत सुशीलाले बुबाको नाममा गरिन् अक्षयकोषलाई सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  


युएई / झापाली समाज युएईका आजीवन सदस्य तथा दुबई क्षेत्रीय कार्य समिति सदस्य सुशीला राउतले आफ्ना दिवंगत बुबाको नाममा अक्षयकोषमा रकम जम्मा गर्ने भएकी छन् ।

वैदेशिक रोजगारीको लागि युएईमा रहेकी गोलधाप, झापाकी राउतले आफ्ना बुबा शेरबहादुर राउतको नाममा झापाली समाज युएईले स्थापना गर्न लागेको असहाय बालबालिकाको लागि १० लाख रुपैयाँको अक्षयकोष मा ५ हजार रुपैयाँ जम्मा गर्ने भएकी हुन् ।

साउदी अरबमा २ वर्ष काम गरी २००६ देखि युएईमा कार्यरत सुशीला राउतका बुबाको गत २०७६ भदौ १२ गते गोलधापमा निधन भएको थियो ।

इलाम माइ नगरपालिका धारापानीमा स्थायी बासिन्दा शेरबहादुर राउतको ६१ वर्षको उमेरमा निधन भएको हो ।

बुबाको सम्झनामा थोरै भए पनि रकम राखेर असहाय बालबालिकाको शिक्षामा सहयोग गर्ने झापाली समाज युएईको अभियान दीर्घकालीन महत्वको लागेर सहयोग गरेको राउतले बताइन् ।

समाजकोे अभियानमा थोरै भए पनि रकम जम्मा गरेर उदाहरणीय काम गरेको झापाली समाज युएईका नेपाल सम्पर्क समितिका अध्यक्ष जगत लुइटेलले बताए ।

आफ्ना पितापूर्खाको नाममा रकम जम्मा गरेर कमजोर अवस्था भएकालाई सहयोग गर्ने कार्यले समुदायमा सकारात्मक सन्देश जाने झापाली समाज युएईका प्रवक्ता रामप्रसाद ढुंगेलले बताए ।