उपप्रमुख खड्गीलाई हृदयघात भएको होइन– श्रीमान्

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीलाई हुदयघात नभएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको स्वास्थ्यमा सामान्य समस्या आएको तर हृदयघात नभएको उनका श्रीमान प्रकाश खड्गीले बताए । ‘सामान्य समस्या आएको हो हृदयघात होइन’, श्रीमान खड्गीले भने, सामान्य हो समाचारमा भनिए जस्तो होइन्, उहाँ आज एकदिन अस्पताल रहनुहुन्छ ।’

यसअघि उपप्रमुख खड्गीलाई हुदयघात भएर अस्पताल हिजो बेलुका काठमाडौँको नर्भिक अस्पताल भर्ना गरिएकोे समाचार आएको थियो ।

अहिले आइसीयूमा उपचार भइरहे पनि भोली डिस्चार्ज गरिने अस्पताल श्रोतले जनाएको छ ।

खड्गीका श्रीमान प्रकाशसँगको टेलिफोन सम्पर्कपछि पत्रकार राजेन्द्र गौतमले फेुबुकमा यस्तो स्टाटस पोष्ट गरेका छन् ।