एकताको भवन शिलान्यास

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा प्रालिको भवनको सोमबार शिलान्यास गरिएको छ ।

बिर्तामोड –४ मा बन्ने उक्त भवन ६ वटा सटरसहित बैठक कक्ष, कार्यालय कोठा र शौचालयसहितको हुने सेवा प्रालिका सचिव कृष्ण रिजालले बताए ।

१० लाख रुपैयाँको लागतमा बन्ने उक्त भवन दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रालिमा ५१ जना आवद्ध छन् ।

प्रालिको २ कठ्ठा जमिन भएको स्थानमा निर्माण सुरु गरिएको हो । भवन शिलान्यास पनि संस्था आवद्धहरु मिलेर गरेका हुन् ।

प्राविधिक ज्ञानसहित २२ बढी सेवा दिने उद्देश्यले संस्था सञ्चालनमा ल्याएको सचिव रिजालको भनाई छ ।