एवीसीको सूचना तथा परामर्श केन्द्र स्थापना

  •  
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड / मानव बेचविखन विरुद्ध काम गर्दै आएको एवीसी नेपालले झापाको भद्रपुरमा सूचना तथा परामर्श केन्द्र स्थापना गरेको छ ।

एबीसी नेपाल झापा शाखाको अगुवाइमा स्थापित केन्द्रको १३ औँ अन्तर्राष्ट्रिय मानव बेचबिखन दिवसको अवसर पारेर शुक्रबार भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरे ।

नेपाल–भारत नाका मेचीपुलबाट मानव बेचबिखन विरुद्धका विभिन्न नारा लेखिएका प्लेकार्डसहितको ¥यालीकाबीच भद्रपुर भन्सार कार्यालय अघि स्थापित परामर्श केन्द्रको उद्घाटन गरिएको हो ।

एबीसी नेपाल झापा शाखाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा नगरप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न केन्द्र उद्घाटन कार्यक्रमको सञ्चालन एबीसीकी झापा सचिव देविका बस्नेतले गरेकी थिइन् ।

केन्द्र उद्घाटनपछि नारासहित नगरपालिका आइपुगेको ¥यालीलाई नगरप्रमुख श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रहरी निरीक्षक यामबहादुर श्रेष्ठ, मानव बेचविखनका विरुद्ध काम गर्दै आएको साना हातहरुका जगत वाग्ले, एबीसी झापा अध्यक्ष सिटौला लगायतले बोलेका थिए ।

जीवनकला राउतले सञ्चालन गरेको कार्यक्रमको समापन मित्रा भट्टराईले गरेकी थिइन ।