कश्मीरको ‘पुरानो गौरव फेरि स्थापित गर्ने’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-प्रशासित कश्मीरले पाएको विशेषाधिकार समाप्त गर्ने निर्णयबाट सो क्षेत्र पुन: आफ्नो पुरानो गौरवमा फर्किने दाबी गरेका छन्।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा भाषण गर्दै उनले भने, “हामी कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

कश्मीरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा ३७० ले केवल भ्रष्टाचारलाई प्रश्रय दिएको उनको तर्क थियो।

नयाँ दिल्लीको निर्णयपछि गत हप्तादेखि कश्मीर बन्दको अवस्थामा छ र त्यहाँ फोन र इन्टरनेट पनि अवरुद्ध छन्। तर मोदीले सो स्थितिबारे कुनै टिप्पणी गरेनन्।

दिल्लीस्थित लालकिलामा आयोजित समारोहमा बिहीवार बिहान उनी डेढ घण्टा बोलेका थिए। बीबीसीबाट