कांग्रेसले देखायो गाउँपालिकालाई कालो झण्डा

  •  
  •  
  •  
  •  
  •  
  •  


हल्दिबारी / नेपाली कांग्रेसको देशव्यापी जागरण अभियान सकिएको छ । जागरण अभियान अन्त्यका क्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ प्रदेश खको आयोजनामा आज हल्दिबारीको मंगलबारेमा विरोधसभा गर्दै गाउँपालिकालाई कालो झण्डा देखाइएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारीको नेतृत्वमा हल्दिबारी कांग्रेसले मंगलबारे बजारदेखि गाउँपालिकासम्म हत्या, हिंसा र कुशासनकाविरुद्ध विरोध जनाउँदै र्याली निकालेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति नविन बिमलीले जानकारी दिए ।

र्यालपछि आयाजित कोणसभालाई केन्द्रीय सदस्य अन्सारी,झापा जिल्ला सचिव तारावीर कटुवाल लगाइतले सम्बोधन गरेका थिए ।

जिल्ला सल्लाहकार सदस्य भूपाल बस्नेतले औचित्य प्रकास पारेको कार्यक्रमको सञ्चालन तुलसी ओलीले गरेको हल्दिबारी ४ नम्बर वडासदस्य होमप्रसाद चुडालले बताए ।

विरोधसभामा हल्दिबारी र बाह्रदशी गाउँपालिकाका १ हजार कार्यकर्ताको उपस्थिति रहेको वडाध्यक्ष चुडालले बताए ।