कात्तिक २५ गते तीन स्थानीय तहले दिए विदा

  •  
  •  
  •  
  •  
  •  
  •  


इलाम / इलामका तीन स्थानीय तहले कात्तिक २५ गते सार्वजनिक विदा दिएका छन । इलामको फाकफोकथुम , माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले कात्तिक २५ गते सार्वजनिक विदा दिएका हुन ।

किराँत धर्मावलम्बीहरुका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्तीको अवसरमा ती स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेको सुचनामा उल्लेख छ ।

किराँत धर्मावलम्बिकै धर्मगुरु मानिने आत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा मङ्सिर १८ गते पनि गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।