कार्यालय हिँडेका स्वास्थ्य चौकीका अहेब मृत फेला

  •  
  •  
  •  
  •  
  •  
  •  


ओखलढुंगा / ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ९ को स्वास्थ्य चौकीका अहेब मृत फेला परेका छन् ।

ज्यामिरे स्वस्थ्य चौकीका अहेब अन्दाजी ४१ वर्षीय पृथ्वीबहादुर बानिया मृत भेटिएका हुन् । कार्यालय हिँडेका बानियाले स्थानीय एक पसलबाट चारवटा प्लाष्टिको बोटलमा रहेको मादक पदार्थ सेवन गरेको बताइएको छ ।

बुधबार बिहान कार्यालय हिँडेका बानिया मध्यान्ह मृत फेला परेको ओखलढुंगा प्रहरीले जनाएको छ । प्रहरीले मृतकले मादक पदार्थ सेवन गरेको भएपनि अनुसन्धानपछि मात्र मृत्युको कारण पत्ता लाग्ने जनाएको छ ।