क्रिएटिभ फोरमको २ महिने कार्यक्रम

  •  
  •  
  •  
  •  
  •  
  •  


जलथल / हल्दिबारी ३ चिल्ड्रेन गार्डेन माध्यमिक विधालयमा गठन भएको स्टुडेन्ट्स क्रिएटिभ फोरमले शुक्रबार विधालय परिसर सरसफाई गरेको छ ।

स्टुडेन्टस क्रिएटिभको अगुवाई र कक्षा ११/१२ का विद्यार्थीको अगुवाइमा कार्यक्रम गरिएको फोरमका अध्यक्ष अभिशेक खतिवडालेजानकारी दिए । सरसफाई कार्यक्रममा सम्पूर्ण विद्यार्थीको सहभागिता थियो।


फोरमले शुक्रबार नै कक्षा ९,११ र १२ का ६ जना विद्यार्थी थप गरी समितिलाई पूर्णता दिएको छ । समितिलाई विधालयले अबिर लगाएर बधाई तथा शुभकामना दिएको थियो ।

कार्यक्रमा विधालयको तर्फबाट राम्रो काम गर्नेलाई जस्तो सुकै सहयोग गर्ने तयार रहेको प्रिन्सिपल दुर्गामणि गौतमले बचन दिएका थिए ।

फोरमले कक्षा ९ का सर्बन मेचे र स्वास्तिका गौतम, कक्षा ११ का अमिशा नेम्वाङ, भावना पुरी र कक्षा १२ बाट दुर्गा दर्जी र प्रकाश बिश्वकर्मालाई मनोनित गरेको अध्यक्ष खतिवडाले बताए ।

समितिले कक्षा ११ र १२ का सम्पूर्ण विद्यार्थीलाई परिचयपत्र अनिवार्य गराउने, आवस्यक परेमा ९ र १० लाई पनि प्रदान गर्ने साथै साउन र भदौ महिनामा गर्ने कामको विवरण पनि सार्वजनिक गरेको छ ।

जस अन्तरगत साउन सरसफाइ, कक्षा ११ लाई स्वागत, हुलाकी राजमार्ग मा जेब्राक्रस बनाउने ,कबिता बाचन गर्ने, बादबिबाद गर्ने, अन्तर छात्रछात्रा टिटि प्रतियोगिता र भदौ २७ गते हाजिरिजवाफ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।