क्रिएटिभ फोरममा अबिशेक

  •  
  •  
  •  
  •  
  •  
  •  

हल्दिबारी / विद्यार्थीमा हुने लाज र डरलाई हटाउँदै किशोरावस्थाबाटै नेतृत्व विकास गराउन चिल्ड्रेन गार्डेन माध्यमिक विद्यालय हल्दिबारी ३ ले स्टुडेन्ट क्रिएटिभ फोरममार्फत सामुहिक टिमवर्क गराउँदै आएको छ ।

यो वर्षका लागि सो फोरमको नेतृत्व हल्दिबारी ३ का जुझारु युवा अबिशेक खतिवडालाई जिम्मा दिएको छ ।

सामाजिक रुपमा युवालाई अब्बल बनाउने र नयाँ पीँडिलाई नकारात्मक बाटोमा हिड्न नदिन फोरमको गठन गरिएको समितिका अध्यक्ष खतिवडाले बताए ।

खतिवडा हल्दिबारी गाउँ युवा तथा खेलकुद समिति र जलथल बाल क्लबका सदस्य हुन् । फोरमलाई विद्यालय, परिवार र शिक्षकले बधाई तथा शुभकामना दिँदै सबै किसिमको सहयोग गर्ने बताएका थिए ।

शिक्षक गणेश सुवेदीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक परासर दाहालले हजीकरण गरेको निबर्तमान प्रधानाध्यापक दुर्गामणि गौतमले जानकारी दिए ।