खड्का भए चलचित्र कलाकार संघको अध्यक्ष

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेता रवीन्द्र खड्का निर्वाचित भएका छन् ।

राजधानीमा सम्पन्न निर्वाचनबाट अभिनेता खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।पनौती नगरपालिकाको मेयर र एक कार्यकालका लागि कलाकार संघकै अध्यक्ष भईसकेका खड्काले आफ्नो प्रतिद्वन्दी संघकी पूर्व महासचिव सरिता लामिछानेलाई ५७ मतले पराजित गरे ।

निर्वाचनमा खड्काले प्यानलसहित उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा उम्मेदवारी दिएका विनोद भट्टराईबाहेक सबै उनकै प्यानलबाट विजयी भएका छन् । ५ सय ९६ सदस्य रहेको संघको निर्वाचनमा कुल ३ सय ८७ मत खसेको थियो ।

निर्वाचनबाट रेजिना उप्रेती र सानुकुमार ताम्राकार उपाध्यक्ष, चेतबहादुर सिंह राजा महासचिव, पनाह अधिकारी सचिव, पवित्रा आचार्य सहकोषाध्यक्ष निर्वाचित भएका छन ।

सदस्यमा धनराम केसी ‘मुस्कान’, गोपाल ढकाल ‘छन्दे’, शितल केसी, धर्मानन्द आचार्य, रोहित रुम्बा तामाङ, जयकिशन बस्नेत, पवनप्रसाद खतिवडा, उद्ववप्रसाद भट्टराई, शारदा नेपाल गीता र जीवन थापा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सुनिल कटुवाल निर्विरोध निर्वाचित भए ।