खसीको मासुमा मुल्य बृद्धि

  •  
  •  
  •  
  •  
  •  
  •  


उर्लाबारी / मोरङको उर्लाबारीमा सोमबारदेखि खसीको मासुमा मुल्य बृद्धि गरिएको छ । खसीको मासुमा प्रति किलो ५० रुपैयाँले मुल्य बृद्धि गरिएको हो । प्रतिकिलो ८०० रहेको खसीको मासुको मुल्य ८५० भएको हो ।

डेढ महिनाअघि मात्र खसीको मासुको मुल्य ७५० देखि ५० बृद्धि गरी ८०० बनाइएको थियो । दशैँको मुखैमा मासुको मुल्यमा पुन : ५० रुपैयाँ बृद्धि गरी ८५० पु¥याइएको हो ।

छिमेकी सहर दमक, पथरी र लेटाङमा खसीको मासुको मुल्य अनुसार उर्लाबारीमा कायम गरिएको उर्लाबारी–५ स्थित बोहोरा मासु पसलका सञ्चालक प्रेम बोहोराले बताए ।

‘सबैतिर मासुको मुल्य बढी भएकोले कृषकहरुले पनि जिउँदो खसीको मुल्य बढाएका छन्’, उनले भने, ‘खसी खरिद गर्दा नै महँगो पर्नेभएकाले मासुको मुल्य बृद्धि गर्नुपरेको हो ।’

खसी खरिद गर्दा १ हजार २०० रुपैयाँ बढी मुल्य पर्ने गरेको बोहोराले बताए ।