खोलाले बगाएर महिलाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  


ताप्लेजुङ / ताप्लेजुङको सिरिजंगा गाउँपालिका–४ की ४७ बर्षीया सीता भट्टराईको खोलाले बगाएर मृत्यु भएको छ ।

शनिबार दिउँसो साँढे ४ बजे छिमेकीको घरमा घिऊ पु¥याउन गएकी भट्टराई बेलुका सम्म घर फर्केर नआएपछी आफन्तले उनको खोजी सुरू गरेका थए ।

खोजतलास गर्ने क्रममा बाटोमा रहेको नागदेवा खोलाको किनारामा बाटोभन्दा करिव २०० मिटर तल मृत अवस्थामा उनको शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय तेल्लोकबाट गएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।