गौरीगञ्जमा १७ थान सोलार जडान

  •  
  •  
  •  
  •  
  •  
  •  


दमक / गौरीगञ्ज गाउँपालिका भित्र हालै १७ थान सोलार स्ट्रिट लाइट जडान गरिएको छ । गाँउपालिकाको नीति तथा कार्यक्रम अनुसार गाँउपालिका भित्रका सडक आसपासमा ती सोलार जडान गरिएको हो ।

सोलार स्ट्रिट लाइटका लागि व्याट्री ७५ एम्पेयर, लाइट ४० वाट तथा सोलार प्यानल २ सिट १०० वाट प्रति सिटको जडान गरिएको गाँउपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्यले जनाएका छन् ।