चट्याङ लागेर भोजपुरमा ६ जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  


भोजपुर / अविरल वर्षासँगै आएको चट्याङ लागेर भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् ।

गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको जनाएको छ ।

६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र २२ वर्षीया कोपिला गिरी घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङका कारण घाइते अधिकांश कान नसुन्ने तथा शरीरको विभिन्न ठाउँमा असर देखिएको प्रहरीको भनाइ छ ।