चिल्ड्रेन गार्डेनमा शिक्षक विद्यार्थीबीच शुभकामना आदानप्रदान

  •  
  •  
  •  
  •  
  •  
  •  


हल्दिबारी / झापाको हल्दिबारी ४ स्थित चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयले शिक्षक विद्यार्थीबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

दशैँको अवसरमा विद्यालय र सो विद्यालयको स्टुडेन्टस क्रिएटिभ फोरमको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको विद्यालयका प्राचार्य दुर्गामणि गौतमले जानकारी दिए ।

प्राचार्य गौतमको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पञ्चायत माध्यमिक विद्यालयका प्राचार्य कृष्ण बनको विशेष आतिथ्यता थियो ।

क्रिएटिभ फोरमका अध्यक्ष अबिशेक खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्राचार्य गौतम, विशेष अतिथि बन, योगेस सुवेदी, सुदिप प्रोखरेल, विद्यार्थीको तर्फबाट कक्षा ११ की रेजिना सिरुवाल, कक्षा १२ की कोपिला आचार्य, फोरमका संस्थापक अध्यक्ष गणेश सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका फोरमका अध्यक्ष अबिशेकले बताए ।

सभावना पुरीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक, विद्यार्थीको बाक्लो उपस्थिति थियो ।