छोरीको जन्मदिनमा असहाय बालबालिकाको लागि सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / झापाली समाज युएईका संस्थापक तथा समाजका पूर्व उपाध्यक्ष राजेन्द्र कुमार दाहाल र नेपाल सम्पर्क समितिका सह कोषाध्यक्ष तीलरुपा दाहाललेले आफ्नी छोरीको जन्मदिनको अवसर पारेर असहाय बालबालिकाको लागि समाजले स्थापना गर्न लागेको अक्षयकोषमा आर्थिक सहयोग गर्ने भएका छन् ।

झापाली समाज युएईले आफ्नो जिल्लामा रहेका असहाय बालबालिकाको शिक्षामा सहयोग गर्ने उदेश्यले १० लाखको अक्षयकोष स्थापनाको अन्तिम तयारी गरिरहेका बेला दाहाल दम्पतिले आफ्नी छोरी प्रतिमा दाहालको जन्मदिनको अवसरमा ५ हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् ।

झापाली समाज युएईका हरेक गतिविधिमा सक्रियता पुर्वक योगदान दिएका पूर्व उपाध्यक्ष राजेन्द्रकुमार दाहाल हाल नेपाल फर्केर सामाजिक क्षेत्रमा लागेका छन् ।

झापाको केर्खा बजारमा बसोबास गर्ने दाहालकी श्रीमती तिलरुपा दाहाल पनि स्थानीय सामाजिक, आर्थिक र व्यवसायिक क्षेत्रमा सुपरिचित व्यक्ति हुन् ।

झापाली समाज युएईको अभियानमा समेत लामो समयदेखि आवद्ध दाहालले आफ्नी छोरीको जन्मदिनलाई सामाजिक हितमा समर्पित गर्न सानो सहयोग गरेको बताएकी छिन् ।

झापाली समाज युएई अन्तरगत अक्षयकोष संकलन समितिका सहसंयोजक अमर राईले जन्मदिनको अवसर पारेर असहाय बालबालिकाको लागि सानै भए पनि रकम जम्मा गरे पनि दाहाल परिवारले ठुलो र उदाहरणीय काम गरेको प्रतिक्रिया दिए ।

समाजको यसै अभियानमा झापा बुद्धशान्ति गाउँपालिका–३ का टीका कट्टेलले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना बुवा शिवभक्त र आमा विश्नुमाया र आफ्नै नाममा अक्षयकोषमा आर्थिक सहयोग गरेका थिए ।