झापामा बिप्लपको मसाल जुलुस

  •  
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड / एनसेललाई कर नतिर्न न्यायधिसले फैसला गरेको बिरोधमा बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार साँझ झापाका ७ स्थानमा मसाल जुलुस निकालेको छ ।

विप्लव नेतृत्वको घोषित कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, हल्दिबारी गाउँपालिका, बुद्वशान्ति गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका र दमक नगरपालिकामा मसाल जुलुस प्रदर्शन गरेको जिल्ला सेक्रेटरी मनिषले जानकारी दिए ।

एनसेललाई कर नतिर्न फैसला गर्ने न्यायाधिषविरुद्व मसाल जुलुस प्रदर्शन गरिएको उनले बताए ।
कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको उनको दाबी छ ।

यस अघि पनि सो पार्टीले झापामा एनसेलको ४ वटा टावरमा आगजनी गरेको थियो ।