झापामा २३३ ग्राम ब्राउन सुगरसहित चारजना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड / झापा प्रहरीले ठूलो परिमाणको ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी, इलाका प्रहरी बिर्तामोड र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले २३३ ग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर घर भइ दमक ६ बस्ने संग्रामसिंह आङ्देम्वे, अर्जुनधारा १० चुथाइका भीमबहादुर अधिकारी, ओममाया खतिवडा अधिकारी र कचनकवल २ की रेवतीमाया डाँगी रहेका छन् ।

अभियुक्तको साथबाट प्रहरीले बरामद गरेको सामान


ब्राउन सुगर बिक्रीका लागि बिर्तामोडमा हिँडिरहेका आङ्देम्वेको साथबाट प्रहरीले ३१ ग्रामसहित बुलेट मोटरसाइकल फेला पारेको झापा प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए ।

उनका अनुसार पक्राउ आङ्देम्वेमाथि अनुसन्धान गर्दा पक्राउ अन्य तीन जनाबाट खरिद गरी बिक्रीका लागि ल्याएको खुल्न आएको हो ।

आङ्देम्वेको बयानका आधारमा अधिकारी परिवारको घरमा खानतलासी गर्दा २०२ ग्राम ब्राउन सुगर बरामद भएको बिर्तामोड प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।

लागुऔषध नियन्त्रण व्यूरोका सइ अनुप निरौलाका अनुसार बरामद उक्त ब्राउन सुगर दूध राखिएको भाँडाभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको थियो ।

निजहरुलाई झापा जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।