झापामा २ हजार ९७० फरार अभियुक्त समातिए

  •  
  •  
  •  
  •  
  •  
  •  

उत्तम नेपाल-

भद्रपुर / जिल्ला प्रहरी कार्यालय झापाबाट फरार रहेका अभियुक्तमध्ये २ हजार ९७० जनालाई प्रहरीले समातेको छ । झापाको दुइ वर्षको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत आर्थिक वर्ष ०७४।७५मा १ हजार ८३४ जना र आर्थिक वर्ष ०७५।७६ मा १ हजार २९२ फरार रहेका थिए । यो संख्या झापा अदालत भन्दा बाहेको हो । अदालतमा हालसम्म २ हजार १९१ जना फरार रहेका छन् ।

विभिन्न अपराधिक क्रियाकलाप गरेर प्रहरीको सम्पर्कमा नआएका अभियुक्तको संख्या रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष ०७४।७५ मा १ हजार ७०० जना समतिए भने १३४ जना फरार रहेका छन् ।

जसमा एकजना विदेशीसहित सबैभन्दा बढी ३२ जना केही सार्वजनिक अपराधमा फरार रहेका छन् । सो आर्थिक वर्षमा स्वदेशी पुरुष र महिलातर्फ क्रमशः १०३ र २४ जना फरार रहेका छन् ।

त्यसैगरी विदेशी तर्फ ६ पुरुष र एक महिला गरी एक आर्थिक वर्षमा १ सय ३४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

मानव बेचबीखन तथा ओसार पसारमा १३ पुरुष र ७ महिला,ठगीमा एक विदेशीसहित स्वदेशी महिला पुरुष गरी १० जना, आगो लगाएको ३ जना,सवारी अङ्ग भङ्गमा विदेशी पुरुष एक,जुवामा ४ जना,राहदानी किर्ते १ जना, चोरीमा स्वदेशी ४ र विदेशी २ गरी ६ जना पुरुष,बहु विवाहमा ५ महिला र ३ पुरुष,अपहरण तथा शरिर बन्धक विदेशी पुरुष तथा महिला एक एक जना, लागूऔषध १ जना,ज्यान मार्ने उद्योगमा १३ जना,जबरजस्ती करणी उद्योगमा ४ जना,सवारी ज्यानमा ३ जना,कर्तव्य ज्यानमा ४ महिला र २ पुरुष र अपहरण गरी खुन डाकामा १ जना पुरुष प्रहरीको तथ्याङ्कमा रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी आर्थिक वर्ष ०७५।७६ मा फरार रहेका मध्ये १ हजार २७० जना समातिएको छ । आर्थिक वर्षको अन्त्यसम्म २२ जना फरार रहेको उनको भनाइ छ ।

जसमध्ये कर्तव्य ज्यानमा १ जना रहे पनि प्रतिवादी हालसम्म नखुलेको , झूठा विवरण पेश गरी विदेशी नागरिकले नेपालको नागरिकता लिने उद्योगमा ९ जना,अभद्र व्यवहारमा ३ जना,जबरजस्ती करणी ३ जना,जबरजस्ती करणी उद्योग १ जना ,ठगी ४ जना,मानब बेचबीखन तथा ओसार पसारमा २ जना विदेशी पुरुष फरार रहेको उनले बताए ।

मुद्दा दर्ता ओरालो

जिल्ला प्रहरीमा आउने मुद्दा दर्ता समेत घट्दै गएको पाइएको छ । गत आर्थिक वर्ष ०७४।७५ मा १६ सय ८७ वटा विभिन्न मुद्दा दर्ता भएकोमा १५ सय ८५ वटा फर्छोट भइ १ सय २ वटा बाँकी रहेकोे डिएसपी श्रेष्ठको भनाइ छ ।

त्यस्तै आर्थिक वर्ष ०७५।७६मा १ हजार ४६२ वटा दर्ता भएका थिए । एक आर्थक वर्षमा १ हजार १६४ फर्छोट भइ २९८ वटा मुद्दा बाँकी रहेको उनले जनाए । कतिपय समस्या स्थानीय स्तरमा नै समाधान हुने भएकोले दर्ता संख्या घट्दै गएको उनको भनाइ छ ।