झापाली साहित्यकारको चिन्ता देश परनिर्भर भो

  •  
  •  
  •  
  •  
  •  
  •  


मेचीनगर / साहित्यका माध्यमबाट असार १५ लाई सधै बचाइराख्ने उद्देश्यले स्रष्टा एकता मञ्च प्रदेश– १ ले आइतबार वृहद साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

मञ्चले साहित्यकार तेजराज खतिवडाको निवासमा आयोजना गरेको कार्यक्रममा नेपाललाई कृषि प्रधान मुलक भनिए पनि अहिले कृषि तथा कृषिजन्य वस्तुमा नेपाल परनिर्भर बनेको भन्दैं स्रष्टाले चिन्ता व्यक्त गरेका गरेका थिए ।

मञ्चका संयोजक एवम् कार्यक्रमका सभापति साहित्यकार खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

केही वर्षअघिदेखि सरकारले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालेको भएपनि यतिखेर धान फल्ने सबै खेत प्लटिङमा रुपान्तरण भएकोमा सहभागीले दुखेसो व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि कथाकार विनोद खनालले असार १५ को महत्वका बारेमा प्रकाश पारेका थिए । कलाकार मातृका संग्रौलाले सहनाई बजाएर असारे भाकाको गीत प्रस्तुत गरेका थिए ।

साहित्यकार हरिप्रसाद रिमालले कविता बाचन गरे भने स्रष्टा गंगा ओडारीले असार महिनामा रोपाइँका बखत गाईने गीत प्रस्तुत गरे ।

स्रष्टा परशुराम तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार कृष्ण सुमार्गी, पत्रकार लक्ष्मी उप्रेती लगायतले बोलेका थिए । मञ्चले हरेक वर्ष असार १५ मा विभिन्न कार्यक्रम गर्ने संयोजक खतिवडाले बताए ।