डेंगुका कारण चितवनमा एक जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन / चितवन जिल्लामा डेंगु संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका– २ का ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो । वृद्धको साउन ३१ गते नै चितवन मेडिकल कलेजमा मृत्यु भएको बताइएको छ ।

मृतकको नाम गोप्य राखिएको छ । सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसके पछि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

चितवनमामा केहिदिन यता डेंगुको संक्रमण वढ्दो छ । केसीका अनुसार साउन देखि भदौ ६ गतेसम्म जिल्लामा ५६७ जनाको परिक्षण गरिएकोमा २२५ जनामा डेंगुको संक्रमण भेटिएको छ ।