तीन टोल कमिटीले खाए सपथ

  •  
  •  
  •  
  •  
  •  
  •  


हल्दिबारी / नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) हल्दिबारी वडा नम्बर ४ ले टोल समिटीका पदाधिकारीलाई शपथ ग्रहण गराएको छ ।

हल्दिबारी वडा समितिले दशैँ, तिहार तथा छठको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा नेकपाको टोल कमिटीलाई सपथ खुवाएको ४ नम्बर वडासदस्य महेशलाल मेचेले जानकारी दिए ।

नेकपा वडा कमिटीको पार्टी कार्यालय जलथलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ३ वटा टोल कमिटीका पदाधिकारीलाई सपथ ग्रहण गराइएको हो । गत जेठमा पार्टी एकतालाई टोलटोलमा पु¥याउने उद्देश्यले नेकपाको वडास्तरीय कमिटी गठन गरिएको थियो ।

कार्यक्रममा ५ नम्बर टोल कमिटीका अध्यक्ष होमनाथ खतिवडाको नेतृत्वमा १६ सदस्यीय, गोपाल ओलीको नेतृत्वमा रहेको १५ सदस्यीय ६ नम्बर टोल कमिटी र ठाकुरसिंह कार्कीको नेतृत्वमा रहेको २० सदस्यीय ७ नम्बर टोल कमिटीलाई सपथ खुवाइएको थियो ।

कमिटीका पदाधिकारीलाई नेकपा झापा सदस्य एवम् संविधानसभा सदस्य मोहन टुडुले सपथ गराएका थिए ।

कार्यक्रममा नेकपा क्षेत्र नम्बर ३ ख का सचिव नरेश चुडाल, नेकपा हल्दिबारीका सचिव हरी गौतम, नेकपा ४ नम्बर अध्यक्ष नरप्रसाद खरेल, जनप्रतिनिधि केदारप्रसाद उप्रेती, नेकपा ४ नम्बर इन्चार्ज नगेन्द्र आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।