दिलमाया रियो छमछमीको टप ११ मा छनोट

  •  
  •  
  •  
  •  
  •  
  •  


बुद्धशान्ति / झापा बुद्धशान्ति–४ की दिलमाया लिम्बू रियो छमछमी नृत्य प्रतियोगीताको टप ११ मा पुग्न सफल भएकी छन् ।

प्रदेश एकबाट एकमात्र प्रतियोगिको रुपमा रहेकी लिम्बू टप १२ बाट टप ११ मा छनोट भएकी हुन् । उनले सर्वाधिक मत ल्याउँदै उत्कृष्ट ११ मा छनोट भएको दिलमाया जिताउँ अभियानकर्ता तथा गायक सत्यप्रकाश लिम्बूले बताए ।

उनले आफू अझ अगाडि जाने भन्दै सम्पूर्णलाई भोट गरिदिन आग्रह गरेकी छन् ।


यही साउन २५ गते राति १० बजेबाट सुरु भएको भोटिङ लाईन र साउन ३० गते बिहीबार दिउँसो १२ बजेसम्म खुल्ला रहने लिम्बूले बताइन् ।

उनलाई भोट गर्नका लागि मोवाइलको मेसेश बक्समा गई ऋअ टाइप गरि एक स्पेश छोडेर ०३ लेखि ३१००९ मा पठाउन सोरठी कला प्रतिष्ठानका प्रमूख तथा उनका दाजु ज्ञानु सुब्बाले आग्रह गरेका छन् ।

बुबा स्व. काजीमान लिम्बू र आमा सुभद्रा लिम्बूकी छोरी दिलमाया सानै देखि नृत्यमा रुची राख्थिन् । झापा नृत्य कलाकार संघको क्षेत्रीय कोषाध्यक्ष समेत रहेकी लिम्बू सोरठी कला केन्द्रकी नृत्यकार हुन् ।