दुर्घटनामा एकको मृत्यु दुई घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / झापाको कन्काई नगरपालिका–१ जामुनखाडी चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् ।

बिहीबार बेलुका साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक धरान–१३ का १८ वर्षीय अजिव राई र पछाडी सवार रहेका २२ वर्षीय सबिन राई तथा १०५० नम्बरका मोटरसाइकल चालक विराटनगर–७ का ४५ वर्षीय डम्बरबहादुर खड्का घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारको लागि बिर्तामोडको बिएण्डसी अस्पताल लैजाने क्रममा अजिव राईको बाटैमा मृत्यु भएको हो । दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।