दुर्घटना न्यूनीकरण र यात्रु सहायता कक्षका लागि ट्राफिक प्रहरीको पहल

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरीले मंगलबार सर्ब पक्षिय बैठक डाकि दुर्घटना न्यूनिकरण, सवारी व्यवस्थापन र यात्रु सहायता कक्ष सुभारम्भ गर्ने निर्णय गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको कार्यकक्षमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, बिर्तामोड वडा नम्बर १ र ५ का अध्यक्ष, उधोग बाणिज्य संघका प्रतिनिधी, विभिन्न यातायात प्रालिका प्रतिनिधिह, मजदुर संघसंगठनका प्रतिनिधि, नागरिक समाजको उपस्थितीमा त्यस्तो निर्णय गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

बैठकमा चाडहरु वडादशै, दिपावली र छैठलाई मध्यनजर राखी सवारी दुर्घटना न्युनिकरण, सवारी साधनको व्यवस्थापन लगायत यात्रु सहायता कक्षको शुभारम्भ गर्ने साथै अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

बैठकले बिर्तामोडको शनिश्चरे रोडमा सवारी साधन पार्किङ गर्न सडकको पूर्वपश्चिम भागमा जिकज्याक गर्ने गरि वडाले व्यवस्था मिलाउने, मुक्तीचोकको गोलघुम्ती ( आइलन ) लाई व्यावस्थापन गर्न बिर्तामोड नगरपालिकाले सर्वदलिय बैठकमा छलफल गरी व्यवस्थापन गर्ने, पूर्वबस स्टेण्ड हिमालय धर्मकाँटा उत्तरपट्टी सार्ने, र पश्चिम बस स्टेण्ड राजगढ स्टेण्ड वा पुरानो यातायात कार्यालय अगाडीको स्थानमा सार्नको लागि १ नम्बर वडाध्यक्ष अग्नी प्रसाद पाण्डेको अध्यक्षतामा ३ सदस्यीय समिती गठन गरेको छ ।

टो रिक्शा, ई(रिक्शा ठेला नियन्त्रणको गर्न नगरपालिकाले तत्काल सर्वपक्षिय वैठक राखी ब्यवस्थापन गर्ने, फुटपाथ व्यवस्थापन गर्ने लगायतका निर्णय गरेको छ ।