धनगढीको एक होटलमा विस्फोट, ५ जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी / धनगढीको सहिद गेटनजिक रहेको निलम होटलमा बिहीबार साँझ विस्फोटन भएको छ । विस्फोटमा ५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतकाअनुसार घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामबहादुर सिंह जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । यादव, खान र सेरेलाको ठेगाना खुलेको छैन ।

घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीकाअनुसार उनीहरु सख्त घाइते छन् । विस्फोटन भएको वस्तुबारे एकिन भइसकेको छैन ।

घटनास्थलमा एउटा ९ एमएमको चाइनिज पेस्तोल फेला परेको प्रहरी उपरीक्षक सुदीप गिरीले बताए । ‘विस्फोटन गराइएको वस्तु स्टीलको टिफिन कन्टेनर हो’, उनले भने, ‘जुन धेरै घातक हुन्छ ।’उनले घटनाको थप अनुसन्धान भइरहेको बताए । कान्तिपुरबाट