निःशुल्क प्राथमिक उपचार तालिम अभियानको तयारी तीव्र

  •  
  •  
  •  
  •  
  •  
  •  


युएई / राष्ट्रको लागि निःशुल्क प्राथमिक उपचार तालिम आगामी असोज ५ देखि १७ सम्ममा सुदुर पश्चिमका १२ जिल्लामा हुन लागेको तालिमको तयारी तीव्र गतिमा हुँदैछ ।

मानव जिवनमा अति उपयोगी सिद्ध यो तालिम युएईमा कार्यरत व्यवसायी चितवनका ओमप्रसाद उप्रेतीले नेपालका सबै जिल्लामा निःशुल्क आयोजना गर्दै आएका छन् ।

हालसम्म तीन चरण गरेर २६ जिल्लामा यो तालिम सम्पन्न गरिसकेका डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रवन्ध निर्देशक समेत रहेका यो अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले तालिममा भाग लिनका लागि सम्पर्क गर्न इच्छुक सबैलाई अनुरोध गरेका छन् ।

आगामी असोज ५ गते आइतबार दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको कार्यालयमा यो तालिमको शुभारम्भ हुन लागेको अभियान सहयोगी दामोदर सिंहले बताएका छन् ।

दोश्रो दिन असोज ६ गते बैतडीमा सोही तालिम आयोजना गरिएको छ । अभियानको तेस्रो दिन असोज ७ गते मंगलबार बझाङ जिल्लामा निःशुल्क प्राथमिक उपचार तालिम आयोजना हुनेछ ।

चौथो चरणको चौथो दिन असोज ८ गते, बुधबार डडेल्धुरा जिल्लामा सोही तालिम आयोजना गर्ने योजना रहेकोे छ । अभियानको पाचाँै दिन असोज ९ गते, बिहिबार डोटीको पायक पर्ने सभाहलमा तालिम सञ्चालन गर्ने सम्पर्क व्यक्ति कर्ण बोहोराले जानकारी दिएका छन् ।

यसैगरी, असोज १० गते, अछामको एक केन्दमा सञ्चालनको तयारी तीव्र पारिएको सम्पर्क व्यक्ति भवानी जोशीले बताए ।

अभियानको सातौँ दिन असोज ११ गते, बाजुराको एक उपयुक्त स्थानमा तालिम सञ्चालन गरिने सम्पर्क व्यक्ति उमेश शाही हिक्मत थापा र महेश कार्कीले जानकारी दिएका छन् ।

यही तालिम असोज १३ गते, कंचनपुर जिल्लामा गरिने सम्पर्क व्यक्ति पदम बिष्ट र कर्ण चन्दले जनाए ।

असोज १४ गते, कैलाली जिल्लाको सामुदायिक प्रहरी भवन, हसनपुर, पिपल चौतारा, धनगढीमा यो तालिम आयोजनाको तयारी भएको बताइएको छ ।

असोज १५ गतेर बर्दियामा, असोज १६ गते, बाँकेमा, नेपालगञ्जमा निःशुल्क प्राथमिक उपचार तालिम आयोजना हुने तयारी तीव्र पारिएको राहुल कौशलले जानकारी दिए ।

चौथो चरणको समापन कार्यक्रम असोज १७ गते दाङ जिल्लामा हुने छ । तालिममा १६ वटा रोग, विपत्तिमा के कसरी व्यक्तिलाई बचाएर अस्पतालसम्म पु¥याउने भन्ने बारेमा अत्याधुनिक तरिकाले व्यवहारिक तालिम दिइन्छ ।