नेपालसँग मलेसिया सात विकेटले पराजित

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / कप्तान पारस खड्काको नटआउट ८६ रनको मद्यतले मलेसियासँग आज भएको टि–ट्वान्टी सिरिजको पहिलो खेल नेपालले जितेको छ ।

जितसँगै नेपालले दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको छ । नेपालले दोस्रो खेल आइतबार खेल्ने छ । टी ट्वान्टीमा यो विकेटका हिसावले नेपालको ठूलो जित हो ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट स्टेडियममा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी व्याटिङमा उत्रिएको नेपालले सो लक्ष्य ३ विकेटको क्षतिमा १८ ओभर ३ बल खेल्दै पूरा ग¥यो । नेपालको जितका लागि कप्तान पारस खड्काले सानदार ब्याटिङ गरे ।

उनले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे । नेपालका लागि शरद भेषवाकरले नटआउट १६ रन, उपकप्तान ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहितकुमार पौड्यालले ५ रन बनाए ।

बलिङतर्फ मलेसियाका अनवर रहमानले २ र फित्री सामले एक विकेट लिए । टस जितेर ब्याटिङ थालेको मलेसियाले ९ विकेटको क्षतिमा १२८ रन जोडेको थियो ।

मलेसियाका लागि भिरिन्दप सिंहले ५७, अहमेद फियाजले ४५, फित्री सामले १२ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले ३, वसन्त रेग्मी र सन्दीप लामिछानेले समान २÷२ र सोमपाल कामीले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कप्तान पारस खड्का छनोट भए ।