पत्रकार सिग्देलको ‘मनोनेट’ विमोचित

  •  
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड / झापाको बिर्तामोडमा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनोनेट’ कथासंग्रहको विमोचन गरिएको छ ।

‘मनोनेट’को अग्रज साहित्यकार भवानी क्षेत्रीले विमोचन गरेधकी हुन् । पुस्तक विमोचन गर्दै साहित्यकार क्षेत्रीले पुस्तकमा छोटो कथा र सरल भाषा भएको बताइन् । ‘अहिलेको युग भनेको थोरै बोलेर धेरै बुझाउनु पर्ने युग हो’, उनले भनिन्, ‘पुस्तक युग सापेक्ष छ ।’ कथा छोटा भए पनि कतिपय स्थानमा कवितात्मक शैलीको भएको उनको भनाइ छ ।

कथाको अन्त्यमा प्रयोग गरिएका कतिपय वाक्यले कथा पूरा नभएको जस्तो लागे पनि वाक्य मिलन राम्रो भएको उनले बताइन् ।

कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईं, पत्रकार दिपीन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको पुस्तकमा २२ वटा कथा समेटिएको छ भने पुस्तक १७२ पृष्ठकोे छ ।