पर्वभर झापाका मुख्य बजार खुल्ला रहने

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / नजिकिएको दशै, तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दे झापाका मुख्य बजारहरु खुला रहने भएका छन् ।

जिल्लाको बिर्तामोड, धुलावारी, दमक लगायतका बजारहरु चाडपर्वमा किनमेल गर्न सहज होस् भन्दै चाडपर्व भरि बजार खुला रहने भएका हुन् ।

प्रत्येक सोमबार बन्द हुँदै आएको बिर्तामोड बजार भदौ २२ गतेदेखि कात्तिक ११ गतेसम्म सोमबार पनि खुला रहने बिर्तामोड बाणिज्य संघले जनाएको छ ।

चाडपर्वलाई मध्यनजर गर्दै बजार खुल्ला गर्ने निर्णय गरिएको बिर्तामोड बाणिज्य संघका महासचिव भेषराज भण्डारीले जानकारी दिए ।

त्यस्तै, प्रत्येक शुक्रबार साप्ताहिक रुपमा बन्द हुँदै आइरहेको दमकको बजार आगामी शुक्रबारदेखि नै खुला रहने दमक उद्योग वाणिज्य संघले जनाएको छ ।

संघले मंगलबार सूचना निकालेर साप्ताहिक रुपमा बन्द हँुदै आएको शुक्रबार कातिक १५ गतेसम्म खुला रहने जनाएको हो ।

चाडपर्वका समयमा उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै आगामी शुक्रबार भाद्र २७ गतेदेखि कात्र्तिक १५ गते शुक्रबारसम्म प्रत्येक हप्ताको शुक्रबारका दिन समेत सम्पूर्ण पसल, व्यवसायहरु खुल्ला रहने कार्यालय सचिव निरज विष्टले जानकारी दिए ।

गौरादह, गौरीगञ्जका बजारहरु समेत दशै, तिहारलाई लक्षित गरि सातै दिन खुला रहने त्यहाँका वाणिज्य संघहरुले जनाएका छन् ।