पार्टी फुटाउने प्रस्ताव लिएर किराती गए प्रचण्डलाई भेट्न

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / नेकपा अध्यक्ष पुष्पकमल दाहाल र उनले छाडेर गएको नेकपा माओवादी पार्टीलाई पुर्नगठित गरेका गोपाल किरातीबीच गोप्य भेटघाट भएको सार्वजनिक भएको छ ।

किरातीले सुटुक्क दाहाललाई भेटेको बताइन्छ । राइले दाहाल समक्ष तीनवटा प्रस्ताव राखेको स्रोतको भनाइ छ । किरातीले अध्यक्ष दाहाललाई भेटेर सबैभन्दा तपाईलाइ अप्ठयारो छ, आउनुस माओवादी पार्टी नै बनाउँ भने । त्यसको मतलब हो, नेकपा फुटाउने ।

गत साल मात्र धुमधामसँग पार्टी एकता गरेका दाहाललाई किरातीको यो प्रस्ताव अनौठो लागेको स्रोत बताउँछ । दाहाल एमालेसँग मिलेपछि किरातीसँग किरातीको पहिलो भेट भएको हो ।

र, यो भेटमा अचानक दाहाललाई पार्टी फुटाउन प्रस्ताव गरेपछि उनी चकित हुनु स्वभाविक नै थियो ।

किरातीले दाहाललाई विप्लवलाई लगाएको विध्वंशकारीको ट्याग हटाउन पहल गर्नुस र वार्ता गर्नुस भनेका छन् ।

किरातीले देश संकटमा छ, त्यसैले अब टिष्टाकांगडा फिर्ता गर्ने आन्दोलन गरौँ, सडकमा आउनुस् भने । प्रचण्डले सोचेकोभन्दा विलकुल फरक खालको अभिव्यक्ति किरातीबाट आएपछि दाहाल असमाञ्जस्यमा परेका थिए ।

दाहालले तपाईको मागको नजिक छु भनेर जवाफ फर्काएको स्रोतको भनाई छ । दाहालले नेकपा फुटाउँछन त ? यो सवाल भने निकै गम्भीर भएर आएको छ ।