प्रणितले जिते बेष्ट फेशन कोरियोग्राफरको अवार्ड

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / झापाका प्रणित पुडासैनीले बेष्ट फेशन कोरियोग्राफरको अवार्ड जितेका छन् ।

प्याजेन्ट नेपाल इन्टरनेश्नलले नेपालमै पहिलो पटक आयोजना गरेको फेशनमोडल अवार्डमा पुडासैनीले मोफसल बिधामा उक्त अवार्ड हात पारेका हुन् ।

नेपालकै चर्चित व्यक्तिहरु नोमिनेशनमा परेकोमा प्रणितले सबैलाई उछिन्दै अवार्ड जितेका हुन् ।

प्रणितले झापामा विगत ५ वर्ष देखि इभेन्ट म्यानेजमेन्ट, निर्देशन तथा कोरियोग्राफी गर्दै आएका छन् । उनी सञ्चारकर्मी समेत हुन । वेष्ट कोरियोग्राफरको अवार्ड जित्ने प्रणित झापाका पहिलो कोरियोग्राफर हुन ।

नोमिनेशनमा मिस नेपाल शृंखला खतिवडा, उषा खड्गी, मिस्टर मोडल अफ दि वल्र्ड दिक्पल कार्की, हिमानी सुब्बा लगायतका चर्चित व्यक्तिहरु सहभागी थिए ।

अवार्ड जित्दै प्रणितले अवार्ड जिताउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । त्यस्तै, झापाका बिवेश राईले इमर्जींग फेशन डिजाईनरको अवार्ड हात पारेका छन् ।