प्रधानमन्त्री ओली उपचारपछि सोमबार नेपाल फर्कने

  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गराई सोमबार नेपाल फर्कने भएका छन् । प्रधानमन्त्री ओली आज नेपाल फर्कने कार्यक्रम थियो ।

स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन समय लागेपछि प्रधानमन्त्रीको सिंगापुर बसाई एक दिन लम्बिएको हो ।

सोमबार अपरान्ह थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ ।

१३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुरमा नियमित स्वास्थ्य जाँचका लागि जाने गरेका थिए ।