प्रहरीलाई कारबाही गर्न पत्रकार महासंघको माग

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / नेपाल पत्रकार महासंघ सिन्धुली शाखा अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालाई प्रहरीले निर्घात कुटपिट गरेको छ ।

प्रहरीले कुटपिट गरेर गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव रमेश विष्टले विज्ञप्ति निकालेर घटनाको निन्दा र भर्सना गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकासशिसंह स्याङतानले शनिबार राति ९ बजे अध्यक्ष कार्की र पूर्व अध्यक्ष दाहाललाई ज्यान मार्ने योजनासहित कुटपिट गरेका हुन ।

आक्रमणबाट गम्भीर घाइते भइ बेहोस अवस्थामा काठमाडौं लगिएका कार्कीको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

‘पत्रकारद्धय कार्की र दाहाल माथिको यो आक्रमणको महासंघ कडा शब्दमा निन्दा र भत्र्सना गर्दछ’ विज्ञप्तिमा लेखिएको छ, ‘महासंघ घटनामा संलग्न दोषीलाई हदैसम्मको कानूनी कारबाही गरिनुपर्छ ।’ उपचारको व्यवस्था मिलाउन, र भविष्यमा यस्तो घटना दोहोरिन नदिन, पत्रकारको सुरक्षामा गम्भीर बन्न महासंघले जोडदार माग गरेको छ ।

यसैगरी, असार शनिबार गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा काठमाडौंको कीर्तिपुर नगरपालिका –५ स्थित भत्केपाटी जाखामा दुव्र्यवहार भएको घटनाप्रति महासंघले चिन्ता व्यक्त गरेको छ ।

लामा सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाइएको सूचनाका आधारमा स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुग्दा केही व्यक्तिले दुव्र्यवहार गरेका थिए ।

महासंघले घटनाको निन्दा गर्दै समाचार संकलनमा खटिएका पत्रकारलाई सम्मान गर्नु भनेको छ । महासचिव विष्टले निकालेको विज्ञप्तिमा दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।