बसभित्रै बालिकालाई करणी गर्न खोज्ने दुई पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / बसभित्र जवरजस्ती करणी गर्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले मोरङको रंगलीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रंगेली–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी–४ का १९ वर्षीय सन्तोष न्यौपाने छन् ।

तीमध्ये खड्का ना ६ ख ९३४४ नम्बरको बसका चालक र न्यौपाने सहचालक रहेको प्रहरीले जनाएको छ । उनीहरुले धनकुटा घर भई आफन्तकोमा बस्दै आएकी १५ वर्षीया बालिकालाई बसभित्रै आइतबार साँझ जबरजस्ती करणी गर्न खोजेका थिए ।

वेतना सिमसार घुमफिर गरी बसमा चढेर दमक पुगेपछी बसबाट झर्न खोज्दा झर्न नदिई ती बालिकालाई फकाएर सोही बसमा पथरीशनिश्चरे हुँदै दोमना हाटचोकमा पु¥याएर बस भित्रै जबरजस्ती करणी गर्न खोजेका थिए ।

बालिका चिच्याउँदै बसबाट बाहिर निस्कँदै गर्दा यो घटना सार्वजनिक भएको हो । खड्का र न्यौपानेलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

अभियुक्त खड्का र न्यौपानेविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७६ बमोजिम मुद्दा चलाएको छ ।