बाढी, पहिरो र डुबानमा परी ६८ जनाको मृत्यु, ३२ वेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  

झापा / अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६८ जनाको मृत्यु भएको छ । 

बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा, झापा र काभ्रेमा ३/३ जना, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४२ जना पुरुष रहेका छन् ।    

अझै  १४ महिला  १८ पुरुष जना वेपत्ता

बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३/३ जना, महोत्तरी र मकवानपुरमा २/२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १र१ जना गरी ३२ जना वेपत्ता भएका छन् ।

वेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन्। वेपत्ताको खोजी कार्य जारी छ। साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३/३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा ३९ जना घाइते भएका छन्।

घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

१ हजार ४४५ जनाको सकुशल उद्धार

बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १र१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।