बाल दिवसमा कर्णालीले दियो शैक्षिक सामग्री

  •  
  •  
  •  
  •  
  •  
  •  


धुलाबारी / कर्णाली साकोस बिर्तामोडको धुलाबारी सेवा केन्द्रले आइतबार ज्यामिरगडि मावि मेचीनगरका विद्यार्थीलाई शैक्षिक, सरसफाइ तथा खेल सामग्री वितरण गरेको छ ।

कर्णालीले सामाजिक उत्तरदायित्व अन्तरगत ३० औँ बालदिवसको अवसरमा कपी, पिन्सिल, दुइवटा फुटबल, तीन वटा डस्वीन र दुइवटा धुपीका बिरुवा हस्तान्तरण गरेको हो ।

विद्यालाय व्यवस्थापन समितिका अध्यक्ष पदमलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाकि कार्यपालिका सदस्य कुस्मी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, विद्यालयका प्रधानाध्यापक सन्तप्रसाद चम्लागाई, सहायक प्रअ मुरलीधर कोइराला,शिक्षक बिनोद खनाल लगायतले बोलेका थिए ।

ती सामग्री कर्णालीका अध्यक्ष प्रधान, उपाध्यक्ष इश्वरी खरेल,सचिब भुपाल बस्नेत,ऋृण बिभागका डिल्ली बस्नेत लगायतले हस्तान्तरण गरेको धुलाबारी सेवाकेन्द्र संचालक संयोजक जानुका ओलीले जानकारी दिइन् ।

कर्णालीको कामको विद्यालय परिवार तथा विद्यार्थीले राम्रो भने । सानो सहयोगले विद्यालय र विद्यार्थीलाई ठुलो मद्दत पुगेको उनीहरूको प्रतिक्रिया छ ।

बालदिवसमा विद्यालयले अन्तर सदन स्तरीय नृत्य प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयका प्रअ चम्लागाईले बताए ।

बालदिवसमा विद्यार्थीले नाचगानसहित रमाइलो गरेर मनाएका थिए ।