बिर्तामोडका बिवेशले जिते ‘इमरर्जिङ फेसन डिजाइनर अवार्ड’

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / बिर्तामोडका बिवेश राईले नेपाल भरका प्रतिष्पर्धीलाई पछि पार्दै ‘इमरर्जिङ फेसन डिजाइनर’को उपाधि हात पारेका छन् ।

बिर्तामोडको हनुमान सेन्टरमा फेसन डिजाइनसम्बन्धी बिवेश क्रिएसन सञ्चालन गर्दै आएका यी २३ वर्षे युवकले प्याजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्डमा धेरै प्रतिष्पर्धीलाई पछि पार्दै उक्त टाइटल जितेका हुन् ।

प्याजेन्ट नेपाल इन्टरनेश्नलले काठमाडौँको राष्ट्रियसभागृहमा आयोजना गरेको अवार्डमा मोफसलबाट यो टाइटल जित्ने बिवेश पहिलो व्यक्ति हुन् ।

नेपालका विभिन्न स्थानबाट नोमिनेशनमा परेका प्रतिष्पर्धीलाई उछिन्दै बिवेशले इमरर्जिङ फेसन डिजाइनर अवाई जितेको तहल्काखबरलाई बताए ।

२ वर्षदेखि बिर्तामोडमा फेसन डिजाइन सम्बन्धी काम गर्दै आएका बिवेशले यसअघि विभिन्न फेसन सो, ड्रेस डिजाइन र सुन्दरी प्रतियोगितामा निर्णायक बनि आफ्नो सीप देखाइसकेका छन् ।

भारतको सिलिगढीमा फेसन डिजाइन सम्बन्धी अध्ययन गरेर फर्केका बिवेशले भारतमा आयोजित एक प्रतियोगितामा वेष्ट डिजाइनर अवार्ड समेत हात पारिसकेका छन् ।

विशेष गरि बेहुलीको लागि चाहिने पहिरन पाइने विवेश क्रियशनमा फेसन डिजाइनसँग सम्बन्धीत सबै काम हुने राईले बताए ।

फेसन डिजाइनिङ अध्ययन गरेर झापामै पहिलो पटक बिवेश क्रिएशन सञ्चालन गर्दै आएका राईले अवार्ड जितेर फेसन डिजाइनको क्षेत्रमा थप काम गर्ने हौसला मिलेको बताए ।

त्यस्तै, झापाकै प्रणित पुडासैनीले बेष्ट फेशन कोरियोग्राफरको अवार्ड जितेका छन् ।  पुडासैनीले मोफसल बिधामा उक्त अवार्ड हात पारेका हुन् ।