बिर्तामोडको संयुक्त वडा कार्यालयमा विस्फोट, भवनमा क्षति

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा सोमबार बिहान बम बिस्फोट भएको छ । सोमबार विहान करिब ४ः३० बजे ठूलो आवाजका साथ बम विस्फोट भएको स्थानीयले बताएका छन् ।

वडाकार्यालयमा विस्फोट भएको कुकर बम हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठका बताए ।

बिस्फोटबाट वडा कार्यालय भवनको झ्यालका सिसा फुटेको र कार्यालय भित्रका सामग्री छरपस्ट भएको छ । बिस्फोटपछि घट्नास्थल पुगेको चारआलीस्थित नेपाली सेनाको टोलीले कुकर बम विस्फोट भएको बताएको छ ।

घटनास्थल पुगेको प्रहरीले अनुसन्धान सुरु गर्दै बिस्फोट कसले गराएको हो भन्ने यकिन नभए पनि विप्लव समूहले गराएको हुन सक्ने बताएको छ । विप्लव समूहले पनि घट्नाको जिम्मेवारी लिएको छैन ।