बिर्तामोडमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / बिर्तामोड नगरपालिका पशुपक्षी शाखाको आयोजना र हार्ट नेपालको प्राबिधिक सहयोगमा बिर्तामोड क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप लगाउन थालिएको छ । अभियान गरामनीबाट सुरु गरिएको छ ।

यस पटक बिर्तामोडका २०० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशुपक्षी शाखा प्रमुख साबित्राकुमारी दाहालले बताइन् ।

यसका लागि बिर्तामोडका सबै बडामा यो शिविर सञ्चालन गरिने छ । असोज १३ गतेसम्म सञ्चालित शिविरमा बन्ध्याकरणसँगै रेविजबिरुद्धको खोप पनि लगाइनेछ ।


सो अभियान सुरु गर्दै बिर्तामोड नगरप्रमुख धु्रवकुमार शिवाकोटीले अभियानलाई सहयोग गर्न नागरिकलाई आह्वान गरे ।

उनले यस्ता कुकुरका कारण बिभिन्न रोग र संक्रमण बढेको भन्दै सबैलाई कुकुर पक्रेर शिबिरमा पु¥याइ सहयोग गर्न आग्रह गरे ।

सो कार्यक्रममा नगर उपप्रमुख पबित्रा महतारा प्रसार्इं, हार्ट नेपालका प्रमुख खगेश्वर शर्माले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन शाखाका कर्मचारी बिष्णु भट्टराईले गरेको नगर कार्यपालिका सदस्य चन्द्रकला पकुवालले बताइन् ।