बुधबारे जेसीजको जेसीज सप्ताह सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  

बुधबारे / बुधबारे जेसीजले जेसीज सप्ताह शुक्रबार सम्पन्न गरेको छ । सोमबारबाट सुरु भएको जेसीज सप्ताहमा विभिन्न कार्यक्रम गरि सकिएको हो ।

समापनमा जेसीज सप्ताह अन्तर्गत बुद्धशान्ति गाउँपालिकाका पर्यटकीय स्थल, धार्मिक स्थल, ऐतिहासिक सम्पदा, सम्भावना बोकेका क्षेत्र र बुद्धशान्तिका धरोहरहरु समेटिएको फोटो प्रर्दशनी गरिएको थियो । कार्यक्रममा लिडरसीप तालिम पनि गराइएको थियो ।

रेडक्रस भवन बुधबारेमा भएको कार्यक्रमको सभापतित्व बुधबारे जेसीजका अध्यक्ष हेमन्त बरालले गरेका थिए भने कार्यक्रममा नेपाल जेसीजकी पूर्व उपाध्यक्ष मञ्जरी घिमिरेले लिडरसीप तालिम प्रदान गरेकी थिइन् ।

तालिममा बुधबारे जेसीजका पदाधिकारी, शिक्षक, विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्थाका प्रतिनिधिसहित ५० बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जयकुमार शाह, झापा उद्योग वाणिज्य संघ शाखा बुधबारेका अध्यक्ष रुद्र चापागाई, बुधबारे जेसीजका पूर्व अध्यक्षद्धय जेसी सेमन्त पोखरेल र फडिन्द्र चापागाई, युवा व्यवसायी मदन प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महासचिव जेसी मुकेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष नवराज कोइरालाले गरेका थिए । बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेलको संयोजकत्वमा जेसीज सप्ताह भएको थियो ।

जेसीज सप्ताह अन्तर्गत जेष्ठ नागरिक सम्मान, दुर्घटना न्युनीकरण गर्ने उद्धेश्यले स्लो मोटरसाइकल रेस, रक्तदान, शैक्षिक सामग्री वितरण, फोटो प्रदर्शनी र लिडरसीप तालिम सम्पन्न भएको बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी अनिल वाग्लेले जनाएका छन् ।