बोटबिरुवा सन्तानसरह माया गरेर हुर्काउ : प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तानसरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन् । वृक्षारोपण दिवसको अवसरमा शनिबार कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको विरुवा रोपेका थिए । सरकारले यस वर्षदेखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रूपमा मनाउने भएको छ ।

प्रधानमन्त्री ओलीले वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । आफुले रोपेका विरुवालाई आफ्ना सन्तानसरह माया गरेर हुर्काउनु पर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

अबको प्रतिष्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्ने उनले बताए । वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सरकारको मात्र नभएर जनजनको कार्यक्रम रहेको बताउदै प्रधानमन्त्री ओलीले हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएको बताए ।

उनले त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यवहारबाटै थाहा पाएर उनीहरुले विरुवाको संरक्षण गर्थे ।

हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्छ उनले भने । प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रहरुमा वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनु पर्ने बताए ।

यस वर्ष न्यूनतम ३ करोड र बढीमा ५ करोड वटा विरुवा रोप्ने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।